Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणको दर उच्च, आजमात्रै ३५ सय ५६ जनामा संक्रमण, १२ को मृत्यु


    सोमबार, बैशाख १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीले नेपालमा पनि भयाबह रुप लिएको छ । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो संख्या समेत जोड्दा नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार