काठमाडौं । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमण ह्वात्तै बढेको भन्दै जनताले आवश्यक सतर्कता अपनाउनु पर्ने बताएका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. वासुदेव पाण्डेले एक कार्यक्रममा कुरा गर्दै कोरोना संक्रमण दिनप्रतीदिन बढ्दै गएकाले भारतसँगको सिमाना व्यवस्थित् गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले नेपालले सबै नाकाहरु कडा बनाउनुपर्ने बताउदै उनले भने नेताहरु भाषणवाजीमा व्यस्त छन्,लापरवाही भैरहेको छ यस्तै हाे भने भारतमा अहिले भैरहेको स्थिति नेपालमा एक महिनापछि हुनेमा कुनै शंका छैन ।
त्यस्तै, डा. सन्तकुमार दासले कोरोनाको दोस्रो लहर द्रुत गतिमा आएको र आफूहरु धेरै पछि परेको बताएका छन् । नेपाल यही अवस्थामा गए भारतकोजस्तो भयावह अवस्था हुने भन्दै अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।