काठमाडौं । कोरोना संक्रमणको महामारी बढेसँगै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ।
काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।
स्राेतका अनुसार १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएपनि औपचारिक रूपमा भने निर्णय बाहिर आइसकेको छैन।
स्राेतका अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।
एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्।
अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ।
खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।
‘होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्,’
सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ भने हवाई सेवा सुचारू हुनेछ।