काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिइएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न हिच्किचाएका छन् ।
काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै सीडीओहरू हच्किएका हुन् ।
यद्यपि आजै बस्ने तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले भीड नियन्त्रणमा भने कडाइ गर्ने भएको छ । तथापि सीडीओहरूको निर्णय गृह मन्त्रालयमा रिपोर्टिङ गरिने र माथिबाट जे आदेश आउँछ, त्यसअनुसार अघि बढ्ने उपत्यका प्रशासनको तयारी देखिन्छ ।