Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी निर्णय उल्लंघन गरेकाे आरोपमा ११ विद्यालयका सञ्चालक पक्राउ


    सोमबार, बैशाख १३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

    कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएकाे भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

    नियन्त्रणामा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखि उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने भएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार