Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा दैनिक संक्रमित साढे तीन लाख नाघे, २८ सय बढीको मृत्यु


    सोमबार, बैशाख १३ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतमा आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहान सार्वजनिक तथ्यांकअनुसार आइतबार भारतभर ३ लाख ५२ हजार ९ सय ९१ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

    भारतमा अप्रिल २२ मा पहिलो पटक दैनिक संक्रमितको संख्या तीन लाख नाघेको थियो। त्यसपछि लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।

    संक्रमितको ‘सुनामी’ आएसँगै भारतीय स्वास्थ्य प्रणालीमा गम्भीर समस्या भएको छ। कति अस्पतालमा बिरामीले बेड पाएका छैनन् भने कति ठाउँमा अक्सिजनको हाहाकार भइरहेको छ।

    संक्रमित बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढेको बढ्यै छ। आइतबारमात्रै भारतमा २ हजार ८ सय १२ जना संक्रमितले ज्यान गुमाएका छन्।

    भारतमा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जान थालेपछि अन्तर्राष्ट्रिय समुदायले सहयोगका हात बढाएका छन्।

     

    अमेरिकाले भारतलाई कोरोना भ्याक्सिन बनाउन चाहिने सामग्री निर्यातलगायत अन्य मेडिकल सामग्री दिने भएको छ। भारतका अरू मित्र राष्ट्रले पनि अक्सिजनलगायत अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएका छन्।

    भारतमा अहिलेसम्म १ करोड ७३ लाखमा कोरोना संक्रमण भएको छ भने १ लाख ९५ हजारले ज्यान गुमाएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार