Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेश: मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आज टेबुल हुने


    सोमबार, बैशाख १३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने स्राेतले बताएको छ ।

    आफु विरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितले प्रदेश प्रमुख समक्ष समावेदन गर्दै विशेष अधिवेशन माग गरेका हुन् ।

    अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र भोलि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ । ख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुनेछ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार