Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल आएका विदेशीहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


    सोमबार, बैशाख १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ । नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

    मन्त्रालयले आइतबार  एक बिज्ञप्ति जारि गर्दै नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देश गरेको हो । नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन पनि आग्रह गरेको छ।

     

    1212_RyhlcvSYoQ (1).jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार