Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआईजी र एसपीको सेटिङ, प्रहरीको पूर्वाधार निर्माणमा कमिसनको खेती 


    सोमबार, बैशाख १३ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको प्राविधिक निर्देशनालय अन्तर्गतका प्रदेशस्थित प्रमुखहरु सेटिङमा खटाउने गरिएको जानकारी हुन आएको छ । प्राविधिक निर्देशनालयका डीआईजी लोकेश सिंहले बढी बजेट भएका प्रदेशमा आफूलाई कमिशनको हिस्सा बढी दिनेलाई नै वर्षाैंदेखि राख्दै आएको आरोप लागेको छ ।

     लुम्बिनी प्रदेशमा प्रहरीका पूर्वाधार निर्माणका लागि करिब १७ करोड बजेट छुट्याइएको छ । डीआईजी सिंहले त्यो बजेट परिचालन गर्ने जिम्मा इन्स्पेक्टर सुमन दाहाललाई दिएका छन् । जबकि दरबन्दी डीएसपीको रहेको प्रहरी हेडक्वार्टर श्रोत बताउँछ । तर इन्जीनियर दाहाललाई ३ वर्षदेखि डीआईजी सिंहले लुम्बिनी प्रदेशमा राखेका छन् ।

    १७ करोडको ठेक्कामा डीआईजी लोकेश सिंहले एसपी रामकुमार चौधरीमार्फत् १० प्रतिशत लिनेगरी दाहाललाई ३ वर्षदेखि लुम्बिनीमा तैनाथ गराएको आरोप छ । १७ करोडको बजेटमा संरचना बनाउने जिम्मा लुम्बिनी प्रदेशमा एउटा ठेकेदारले मात्रै पाउँदै आएको समाचार छ । इन्स्पेक्टर दाहालले गुणबहादुर खड्का सञ्चालक रहेको भूमिस्थान निर्माण सेवालाई सबै निर्माणको ठेक्का दिइएको छ । भूमिस्थानको देखावटी सञ्चालक खड्का भए पनि यसका पर्दा पछाडिका सञ्चालक डीआईजी लोकेश सिंह र एसपी रामकुमार चौधरी रहेको प्राविधिक निर्देशनालयका एक अधिकारीले जानकारी दिए ।

    डीआईजी सिंहले प्रहरीका भौतिक संरचना निर्माणको लागि छुट्याइएको बजेटबाट भएको टेण्डरमा निश्चित प्रतिशत कमिसन दिने शर्तमा मात्रै प्रदेशको निर्माणको रेखदेख गर्नेगरी सरुवा गर्दै आएका छन् । एसपी रामकुमार चौधरीमार्फत् उनले आफूले भनेजति दिने कबुल गर्नेलाई मात्र निर्माण हेर्ने अधिकारीका रुपमा प्रदेशमा खटाउँदै आएको प्रहरी श्रोत बताउँछ ।

    त्यसैगरी १२ करोड बजेट भएको सुदूरपश्चिम प्रदेशको प्रहरीको संरचना निर्माणको ठेक्का पनि भूमिस्थान निर्माण सेवालाई नै दिइएको छ । लुम्बिनी र सुदूरपश्चिम दुबै प्रदेशमा भूमिस्थानलाई नै घुमाईफिराई ठेक्का दिनुले यो कम्पनीमा डीआईजी सिंह र एसपी चौधरीको गुप्त लगानी रहेको कुरालाई पुष्टि गर्दछ । सुदूरपश्चिम प्रदेशमा प्राविधिक निर्देशनालयबाट लोकेश सिंहले डीएसपी शंकर सिलवाललाई तैनाथ गराएका छन् । उनी इन्जीनियर पनि हुन् ।

     आगामी दशैं अघि नै अवकाश हुने भएकाले डीआईजी सिंह जतिसक्दो लुट कान्छा लुटको शैलीमा ठेक्कापट्टामा अनियमिता गरी फाइदा लिन तल्लीन रहेको श्रोत बताउँछ । यसरी प्रहरीका भौतिक संरचना निर्माणमा भएको अपारदर्शी चलखेलका बारेमा आईजीपी शैलेश थापा क्षेत्रीसम्म गुनासो पुगेपछि उनले आन्तरिकरुपमा एक छानबिन समिति बनाएको समाचार छ । आईजीपी थापा नेपाल प्रहरीमा सुशासन कायम गराउन प्रतिबद्ध भएर लागेका छन् ।

    उनले छानबिनको जिम्मा एसएसपी दीपक थापालाई दिएका छन् । थापालाई छानबिनको जिम्मा दिइएको छ । डीआइजी लोकेश र थापाबीच सर्वेन्द्र खनाल आइजीपी हुँदा घनिष्ठता भएकाले निष्पक्ष छानबिन हुने कुरा आशंक ब्याप्त छ । यो कुरालाई थापाले कत्तिकको संवेदनशील भएर हेर्छन्, त्यो हेर्न बाँकी छ । प्रहरी हेडक्वार्टरको अडिटोरियम हल अगाडिको बगैंचाको ठेक्का पनि लोकेश र चौधरीको साँठगाँठ भएको भूमिस्थानलाई नै दिइएको छ । आजको साँघु साप्ताहिकबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार