Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इराककी अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो


    सोमबार, बैशाख १३ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगो लागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    यसअघि प्राप्त समाचारमा शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी व्यक्ति घाइते भएको बताइएको थियो ।

    इराकीहरूले सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका दृश्यहरू देखिएका छन् । 

    इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले घटनाप्रति दुःख व्यक्त गर्दै यस ‘दुःखद दुर्घटना’को कारण खोल्न तत्काल अनुसन्धान गर्ने बताएका छन्  । आगलागीपछि उद्धार अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका थिए । 

    इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो । अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए । घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्याइएको छ।

    इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार