काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।
एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै कारबाहीको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो ।
कारबाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय गरिएको छ । एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुन सक्नेबारे सूक्ष्म अध्ययन गर्दै यस्तो निर्णय गरेको हो ।
परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार ककसलाई कारबाही अघि बढाउने भन्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । प्रवक्ता ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । केन्द्रीय कमिटीको बैठकले हाल कारबाहीसम्बन्धी कुनै निर्णय नगरेको उनले बताए ।
‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं,’ बैठकपछि ज्ञवालीले भने ।
बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यले आवश्यक परेको बेला निश्चित संख्याका सांसदमाथि कारबाही गर्ने विषयमा वैधानिक बाटो अख्तियार गरिनेछ ।
कारबाहीका लागि निर्णय भइसकेको बताउँदै उनले कारबाहीमा पर्नेको संख्या र नामको अन्तिम टुंगो भने पछि लाग्ने बताए । अकस्मात कारबाही गर्नुपर्ने अवस्था आएको खण्डमा दोहो-याएर केन्द्रीय सदस्यहरूलाई बोलाउनु नपर्नेगरी आवश्यक तयारी पूरा गरेर आफू फर्किएको उनले बताए । केही शीर्ष नेताबाहेक अरूलाई कारबाही गर्नुभन्दा पनि आफ्ना पक्षमा ल्याउने कसरतमा बालुवाटार अझै सक्रिय रहने बताइएको छ ।
सो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने ओलीले बताए ।
‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्तालाई कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी गराउनुभयो,’ प्रवक्ता ज्ञवालीले भने ।
तमाङलाई कार्यालय सचिवको जिम्मेवारी
एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले आइतबार पार्टी केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन् । तामाङलाई पार्टी महासचिव ईश्वर पोखरेलले पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहणपछि तामाङले कार्यालय सञ्चलनलाई थप चुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तामाङले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद ।’ १० वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड–नेपाल समूह छाडेर ओली पक्षमा लागेका थिए । (राजधानी दैनिकबाट)
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend