काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई पक्राउ गरेको छ।
गलत समाचार सम्प्रेषण गरेकाे भन्दै विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको पक्राउ स्राेतले बताएकाे छ ।
उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था र प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो।
उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।