Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्पको केन्द्रविन्दु बारपाक हेर्न पर्यटकको घुइँचो


    आइतबार, बैशाख १२ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। २०७२ को विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक छ वर्षमा पर्यटकीय केन्द्रका बनेको छ।

    भूकम्पको केन्द्रविन्दु भनेर पर्यटकहरू कहिले हिउँ परेको हेर्न त कहिले लालीगुराँस फुलेको हेर्न बारपाक पुग्ने गरेका छन्।

    यसपटक नयाँ वर्ष मनाउने सन्दर्भमा ५० बसबाट आएका पर्यटकको घुइँचो लागेको बारपाक सामुदायिक होम स्टेका कोषाध्यक्ष पुलबहादुर घलेले बताए।

    पर्यटकको चाप बढे सँगै बारपाकमा होटेल व्यवसाय फस्टाउँदै गएको छ भने होमस्टेहरू पनि भरिने गरेको घलेले बताए।

    बारपाक २०७२ सालको भूकम्प अघि नेपाली मौलिक घरहरूले भरिएको गाउँ थियो।

    बारपाकमा भूकम्पपछि निर्माण भएको बुद्धपार्क, मनीडाँडा, चौतारा ढुङ्गेधारा र गाउँ हेर्न पर्यटकहरू आउने गरेको उनले बताए।

    विकट पहाडी क्षेत्रमा रहेको बारपाक सम्म पुग्न भूकम्पपछि बाटो बनेको छ। अहिले बस चढेर बारपाक पुग्न सकिन्छ।

    बारपाक २०७२ सालको भूकम्प अघि नेपाली मौलिक घरहरूले भरिएको गाउँ थियो।

    भूकम्प यताको छ वर्षमा भूकम्पको केन्द्रविन्दु बारपाकको कायापलट लाग्ने गरी रूप फेरिएको छ।

    भूकम्पले १ हजार ४ सय भन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ७२ जनाको मृत्यु भएको थियो।

    भूकम्पले १ हजार ४ सय भन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ७२ जनाको मृत्यु भएको थियो।

    भूकम्पले परिवार गुमाएकाहरूलाई अझ पनि पीडा रहेको र धेरै धनजनको क्षति भए पनि बारपाकको विकाससँगै भुल्दै गएको स्थानीय बासिन्दा बताउँछन्।

    भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अवलोकन गर्न आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको दिलीप गुरुङले बताए।

    भूकम्पपछि बारपाकको मौलिकता गुमे पनि कला संस्कृति नगुमेको उनले बताए।

    भूकम्पले त्यो सबै क्षति भए पछि सरकारले दिएको मापदण्ड अनुसार घर बनाउँदा बारपाकको मौलिकता गुमेको र अहिले विभिन्न तरिकाबाट घरहरू बनाउँदा स्वरूप फेरिएको समाजसेवी जीतबहादुर घलले बताए।भूकम्पपछि बारपाकको मौलिकता गुमे पनि कला संस्कृति नगुमेको घलेको भनाइ छ। बीबीसीसहयोगमा  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार