Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको संक्रमण भयावह भएपछि भारतीय धनाढ्यहरु नेपालमा


    आइतबार, बैशाख १२ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ।  कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भीड नेपाललगायत विदेशतिर बढेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा दिनहुँ उच्च रेकर्ड बन्न थालेपछि भारतबाट नेपाल आउने भारतीयहरुको संख्या ह्वात्तै बढेको छ। 

    भारतबाट आउने धनाढ्यहरु प्लेनमार्फत् त कोही स्थलमार्गहुँदै नेपालका विभिन्न सीमा नाकाबाट खुलेआम भित्रिने क्रम बढेसँगै नेपालमा कोरोनाको जोखिम बढेको हो ।  नेपाल बाहेक भारतीयहरु दुबईतर्फ पनि गएको तथ्यांक देख्न सकिन्छ। आइतबारबाट दुबईले पनि भारतबाट आउने सबै उडान स्थगित गर्ने सूचना दिइसकेको छ भने नेपालले अझै पनि भारतीयहरुलाई खुलेआम खुलमखुला नेपाल भित्रिन दिएको छ। 

    बेलायतलगायतका थुप्रै देशले भारतसँगको हवाई उडान स्थगित गरिसक्दा पनि नेपालले भने कुनै जागरुकता नदेखाउदा सीमामा हुने लापरवाहीले गर्दा नेपालले पछिल्लो अवस्था भोगिरहेको स्वास्थ्यविदहरु बताउछन। 

    पछिल्ला दिनहरुमा नेपालमा कोरोनाको तथ्यांक हेर्ने हो भने नेपालमा कोरोना भाइरस बढ्नुको प्रमुख कारण भारतसँगको खुल्ला नाका, सीमामा हुने लापरवाही चेकिङ्ग, पैसा दिएर मिलेमतोमा नेपाल भित्रिन सहज बनाइदिने निकायहरु हुन् भने रोकथामको प्रमुख उपाय नै भारतीय सीमा नाका बन्द गर्नु रहेको देखिन्छ।  

    गत वैशाख ५ को मन्त्रिपरिषद् बैठकले संक्रमण रोकथाम र नियन्त्रण गर्न वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द, २५ जनाभन्दा बढी भेला हुन रोकलगायतका ३० बुँदे आदेश जारी गरे पनि सीमाबाट हुने आवागमन नियन्त्रण फितलो छ ।

    पछिल्लो एक सातामा भारतबाट नेपाल आउनेको संख्या औपचारिक नाकाबाट ७० हजारभन्दा बढी छ । त्यसमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट करिब ३२ हजार मानिस नेपाल भित्रिएका छन् । तर, भित्रिएकाको सामान्य ज्वरो नाप्ने र अभिलेख राख्नेबाहेक अरू हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार