Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना महामारी नियन्त्रणमा मुख्यमन्त्री पोखरेल असफलः बाँकेमा २४ घण्टामा ७ सङ्क्रमितको मृत्यु


    शनिबार, बैशाख ११ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाखेरेल कोरोना महामारी नियन्त्रणमा असफल भएका छन् । कोरोना नियन्त्रणका लागि ठोस उपाय अबलम्बन गर्नेभन्दा पनि उनी आफ्नो सरकार जोगाउनतर्फ केन्द्रित हुँदा बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उहाँको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । ओलीका अनुसार अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

    यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।  योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ । 

    तुलसीपुरको दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । 

    उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उनमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

    एमालेका युवानेता दामोदर अर्यालले त कोरोना नियन्त्रणमा असफल भएको भन्दै मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्– ‘मलाई मन पर्ने नेता शंकर पोखरेल हुनुहुन्छ । २०४५ सालमा ससँ स्वबियु सभापति हुँदाको अनुभव पनि छ । बाके बर्दियामा कोरोनाको कहर । मान्छेहरुले उपचार त परै जाआोस्, सामान्य बेड पनि पाइरहेका छैनन् । प्रत्येक दिन मान्छेहरु उपचार नपाएर अकालमा धमाधम मरिरहेका छ्न । डाक्टरहरुले हाथ उठाइसके ।

    तपाईं पूरै असफल भइसक्नु भयो । प्लीज, हाम्रो पुस्ताको इज्जत राख्न पनि राजिनामा दिनुहोस् । कम्तीमा तपाईं त नैतिकता देखाउनोस् । तपाईंको राजीनामाले सिङ्गो समाज उत्साहित हुन्छ । नत्र राजनीतिप्रति आम मानिसमा फैलिने नकारात्मक सोचले ठूलो बिद्रोह जन्माउन सक्नेछ । त्यतिखेर राजीनामा दिने समय पनि बाँकी रहने छैन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार