Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • शिक्षासेवी लक्ष्मण राजबंशीको निधन


    शनिबार, बैशाख ११ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शिक्षासेवी लक्ष्मण राजबंशीको निधन भएको छ । संविधानसभा सदस्य समेत रहेर २०७२ को संविधान निर्माणमा भूमिका खेलेका राजबंशीको ८६ बर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।

    नेपालमा निजी क्षेत्रमा खुलेको पुरानो सिद्धार्थ बनस्थली बोर्डिङ स्कुलका संस्थापक हुन् राजबंशी । नेपा पार्टीबाट संविधानसभा सदस्य भएका उनलाई संविधान संशोधनको विपक्षमा उभिए वापत पार्टीले सांसदबाट हटाउने निर्णय गरेको थियो । उनले त्यतिबेला ८२ बर्षको उमेरमा देशबिरुद्ध संविधान संशोधनको पक्षमा नलाग्ने निर्णय गरेबापत पार्टीले उनलाई कारबाही गरेको थियो । एसएलसीमा बोर्डफष्टको नाम गोरखापत्रमा निकाल्ने प्रचलन २०५१ मा हटाउनमा पनि राजबंशीको योगदान थियो । वाम विचारधाराका राजबंशीको तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितसँग घनिष्ट सम्बन्ध थियो ।

    मनमोहन अधिकारी प्रधानमन्त्री र प्रश्रित शिक्षामन्त्री हुँदा एसएलसीमा बोर्डमा आउने १० जनाको नाम सार्वजनिक गर्ने प्रचलन हटाइएको थियो । एसएलसीमा बोर्डफष्टको नाम सार्वजनिक गर्दा बोर्डिङ स्कुलबीच अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै त्यतिबेला त्यो प्रचलन हटाइएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार