Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरी–तस्कर सेटिङ, स्याउदेखि मदिरासम्म भारततर्फ तस्करी


    शुक्रबार, बैशाख १० २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बीरगंज । सशस्त्र प्रहरी बल भिस्वाका बीओपी इन्चार्ज संजीव बानियाँको सेटिङ र मिलेमतोमा तस्करी चलेको छ । नेपालबाट भारततर्फ ठूलो मात्रामा मदिरा, स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट, क्वाड, कष्टमेटिक, केराउ, मरिच र छोगडाको तस्करी भइरहेको छ । 
    सशस्त्र प्रहरीको १३ नः गणका एसपी र बाहिनीका हाकिमहरुसमेतको सेटिङमा ठूलो मात्रामा तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन पाउनेमा शशीकान्त कुशवाहा र स्याउ तस्करीको लाइन पाउनेमा मुना जैसवाल छन् ।

     युनिलिभरको फेयरलब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच, छोगडा तस्करीको लाइन पाउनेमा रामु जैसवाल रहेका छन् । सशस्त्र प्रहरीको भिस्वास्थित बीओपीका इन्सपेक्टर संजिव बानियाँलाई कबाड तस्कर शशीकांत कुशवाहाले मासिक ९५ हजार रुपैयाँ र स्याउ तस्कर मुना जैसवालले मासिक ८० हजार घुस दिने गरेको स्रोतको दाबी छ ।

     युनिलिभरको फेयरलवली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, केराउ, मरिच, छोगडाका तस्कर रामु जैसवालले मासिक १ लाख २० हजार घुस बानियाँलाई दिएर लाइन चलाउँदैआएका छन् ।

    taskari.jpg

     भिस्वाका व्यापारीहरुले बजार व्यवस्थापन समितिका पदाधिकारीको मिलेमतोमा बीरगंजबाट मालसामान ल्याई स्टोर गरेर राख्छन् । र, राति भारत कटाउने गरेका छन् ।

    नेपाल–भारत सीमाको दशगाजा नजिक नै तस्करीमा संलग्न तस्करहरुको गोदाम रहेको छ । उनीहरुको मालसामान भारततर्फ कटाउनका लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले मान्छे ल्याई ठेक्का लिने गरेका छन् । उनीहरुले क्लीयरिङमा माल कटाउने गर्छन् र राति मात्र नभई दिनमा पनि २०–२५ महिला प्रयोग गरी बोरामा आधा आधा राखेर दिनमा नै कटाउने गरेका छन् । स्रोतका अनुसार बिहीबार ७ ट्याक्टर तस्करीको स्याउ भारतमा पठाउनका लागि भिस्वामा आएको छ । ७ ट्याक्टर स्याउ भारततर्फ तस्करी हुन लागेको कुरा होहल्ला भइसकेकोले हिजोदेखि नै पर्सा १३ नः गणका डीएसपी सन्तोष बस्नेत आएर भिस्वामा बसेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार