Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको नयाँ स्थायी कमिटीमा बामदेव र बादल पनि तर नेपाल समूह समेटिएनन्


    शुक्रबार, बैशाख १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् ।

    स्थायी कमिटीमा वामदेव गौतम रामबहादुर थापा ‘बादल’लाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।

    स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

    एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार