Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना संक्रमण नियन्त्रण बाहिर, एकैदिन २४ सय बढी संक्रमित, थप ५ को मृत्यु


    बिहिबार, बैशाख ९ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

    यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।

    गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार