Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली र नेपाल आ-आफ्नै अडानमा


    बिहिबार, बैशाख ९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भएको दोस्रो दिनको भेटवार्ता पनि विनानिष्कर्ष टुंगिएको छ । 

    दुई शीर्ष नेताबिच आज दोस्रो दिन भएको भेटवार्तामा दुवै नेताले आ-आफ्नो अडान नछाडेपछि वार्ता निष्कर्ष विनानै टुंगिएको हाे ।

    यसअघि हिजो साँझ पनि दुई नेताबीच छलफल भएको थियो र आज पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता भएपनि वार्ताले कुनै निचोड निकाल्न भने सकेन।

    आजको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय मान्न नेपाललाई आग्रह गरे भने नेपालले उही पुरानो शैलीमा त्यसलाई अस्वीकार गर्दै एमाले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार