Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से


    बिहिबार, बैशाख ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर सेयर बजारमा हरियाली देखिएको छ।

    नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । यस अघि बुधबार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको थियो ।

    कारोबार रकम भने ६ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ हजार १ सय ८ कारोबारबाट २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच भएका छन् ।

    जसअनुसार कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

    बिहीबार विशाल बजार कम्पनी, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् । त्रैमासिक वित्तीय विवरण समेत नबुझाएको भन्दै ३ महिना अघि विशाल बजारको सेयर कारोबार नेप्सले रोक्का गरिदिएको थियो ।यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ ।

    आईपीओ सूचीकृत भएपछि लगातार बढ्दै आएको महिला लघुवित्तको सेयर मूल्य पनि आज ९.९७ प्रतिशतले वृद्धि भएर १ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ ।

    केहि दिनदेखि घट्न सुरु भएको चन्द्रागिरि हिल्सको सेयर मूल्य बिहीबार प्रति कित्ता ५० रुपैयाँले घटेर २ हजार १ सय ३५ रुपैयाँमा झरेको छ । कम्पनी घाटामा देखिएको वित्तीय विवरण सार्वजनिक भएसँगै यसको सेयर मूल्य पनि घट्न सुरु भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार