Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोप पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने एकजना पक्राउ


    बिहिबार, बैशाख ९ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। महानगरीय अपराध महाशाखाले युरोप पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका-३ घर भई काठमाडौँ नयाँबजार बस्ने ३६ बर्षीय भरतप्रसाद राई रहेका छन् ।

    पक्राउ परेका राईले ग्र्यडी ग्लोब होलिडेज प्रालि संचालन गरेर भिजिट भिषामा युरोप जान दश लाख लाग्छ भन्दै युरोपका पोर्चुगल, लाटभिया, युक्रेनलगायतका देशमा पठाउने भन्दै रकम लिएर ठगी गरेका थिए।

    राईले तेह्रथुम जिल्ला फेदाप गापा-३ का सागर लिम्बु समेत गरि ६ जनाबाट उन्नाईस लाख सतचालिस हजार रकम लिएर सम्पर्क विहीन भएका थिए ।

    महाशाखावाट खटिको प्रहरीको टोलीले राईलाई आज पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार