काठमाडौं । भारतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न देशहरुले भारतबाट आउनेमाथि लगाएको प्रतिबन्ध छल्न भारतीयहरु नेपालबाट तेस्रो मुलुक जान्थालेका छन् ।
पहिले तेस्रो मुलुक जान भारतीय दूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिवार्य गरिएकाे भए पनि साेमबार बसेकाे मन्त्री परिषद बैठकले भारतीय दूतावासकाे दवाबमा नो अब्जेक्सन सर्टिफिकेट नचाहिने निर्णय थियाे ।
मन्त्री परिषदकाे यस्ताे निर्णयसँगै पछिल्लो समय भारतबाट अरब तथा खाडीका मुलुकहरुमा जान भारतीयहरु ठूलो संख्यामा नेपाल आउने गरेका छन् ।
यसरी हजारौँको संख्यामा भारतीयहरु निर्धक्क रुपमा नेपाल आइरहँदा नेपालमा कोरोना संक्रमण जोखिम बढिरहेको अवस्थामा भारतीयहरुकाे पीसीआर रिपोर्ट समेत नक्कली भएकाे खुलेकाे छ ।
बुधबार अरब तथा खाडी मुलुक जान विमानस्थलमा पुगेका १५० भारतीयहरुकाे पिसिआर रिपोर्ट नक्कली भएकाे खुलेकाे हाे ।
पिसिआर रिपोर्ट नक्कली भएकाे भन्दै प्रहरीले नियन्त्रणमा लिइ फर्काउन खाेज्दा भारतीयहरुले उल्टै प्रहरीमाथि हातपात समेत गरेकाे स्राेतले बताएकाे छ ।