Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विषले मरेको सिनु खाएका करिब एकसय गिद्ध मृत फेला


    बुधबार, बैशाख ८ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् ।

    रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेको स्राेतले बताएकाे छ ।

    बुधवार बिहान रामग्रामकाे खुला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत अवस्थामा फेला परेपछि प्रकृतिप्रेमीहरु चिन्तित भएङ्का छन् ।

    खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाएपछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि यति धेरै गिद्धको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन ।

    पशुमा उपचारका क्रममा डाइक्लोफिनाईक्स औषधि प्रयोग गरिएको र सो औषधिको इन्जेक्सनपछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाएपछि यसरी नै गिद्ध मर्न सक्ने सम्भावना रहेपनि नेपालमा डाइक्लोफिनाईक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

    यति धेरै सङ्ख्यामा लोपोन्मुख चरा गिद्धको मृत्यु भएको घटनाको छानबिन गरिनुपर्ने माग उठन थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार