काठमाडौं । गत बैशाख ६ गते सरकारले अति प्रभावित शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको भए पनि संस्थागत विद्यालयहरुले कक्षा १० को परीक्षालाई निरन्तरता दिएका छन् ।
एसईईको परीक्षा नजिकी रहेको समयमा संस्थागत विद्यालयहरुको संगठन प्याब्सनमा आवद्ध विद्यालयहरुले वैशाख पाँच गतेदेखि प्रिबोर्ड परीक्षा लिइरहेका थिए सरकारले अति प्रभावित शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेपनि उनीहरुले सरकारकाे निर्णय विपरीत कक्षा दशका प्रि-बोर्ड परीक्षालाई निरन्तरता दिएका छन् ।
सरकारले निर्णय पालना गर्दै अरु कक्षाका विद्यार्थीलाई वैकल्पिक माध्यामबाट पढाए पनि कक्षा १० का विद्यार्थीको परीक्षा रोकीएकाे छैन ।परीक्षा सबै मापदन्ड पालना गरेर संचालन गरिरहेका स्राेतले जानकारी दिएकाे छ ।
सामुदायिक विद्यालयहरुले पनि वैशाख १५ गतेभित्र कक्षा दशको परीक्षा गर्ने तयारी गरिरहेको स्राेतले बताएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई जेठ १३ गतेबाट हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।