काठमाडौं । नेपाल राष्ट्र बैंकले कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।
बैंकले एक सूचना जारी गर्दै यही वैशाख २७ गतेदेखि रियालको कारोबार बन्द हुने भएकाले सो अवधिभित्रै कतारी रियाल सटही गर्नसमेत आग्रह गरेको छ ।
कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ ।