एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियनलाई पराजित गरेको छ ।
दिल्लीको यो तेस्रो जित हो ।
चेन्नईमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इण्डियनले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो।
मुम्बई इण्डियनले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।
जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो ।
दिल्लीलाई जिताउनका लागि सबैभन्दा धेरै शिखर धवनले ४५ र स्टेभन स्मिथले ३३ रन जोडेका थिए ।
मुम्बईका लागि किरण पोलार्ड,राहुल चहर, जसप्रित बुम्रह र जयन्त यादवले समान एक एक विकेट लिए।