Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन (फोटोफिचर)


    बुधबार, बैशाख ८ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार काठमाडौँको असनमा सेतो मच्छिन्द्रनाथको रथजात्राको पूजा गरेकी छिन्। 

    प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइन्छ ।

    रथ तानेर असनमा ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

    राजतन्त्र हुँदा राजा दर्शनका लागि आउने गरेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट निरन्तरता दिने क्रम शुरु भएको थियो। 

    राष्ट्रपति भण्डारीलाई सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा नं २५ का अध्यक्ष एवं सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्य, वडा नं २७ का अध्यक्ष चिनियाकाजी महर्जनलगायतले रथ राखिएको स्थलमा स्वागत गरेका थिए ।

     प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् आजदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रा शहरको भित्री भागमा तीन दिनसम्म चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथलाई बिहीबार लगन लगेपछि त्यहाँ रहेको सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा तीनपटक घुमाइन्छ ।

    RoS_Ktm-PresidentBhandaiPujab.JPG

    RoS_Ktm-PresidentBhandaiPujab (1).JPG

    RoS_Ktm-PresidentBhandaiPujaKramamag.JPGRoS_Ktm-PresidentBhandaiPujaa.JPG

    तस्बिर : रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार