नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्। पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकपछि श्रेष्ठले नयाँ सरकार गठनबारे छिट्टै निर्णय गरिने बताए।
‘ओली नेतृत्वको प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र रक्षा गर्ने सरकार बनाउने सन्दर्भमा भइरहेका वार्तालाई थप तीव्रता दिने र ठोस निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ,’ श्रेष्ठले भने। उनका अनुसार सरकारलाई माओवादीको समर्थन छैन, लिखित रूपमा मात्र समर्थन फिर्ता लिन बाँकी छ। ‘समर्थन छैन भन्ने कुरा म फेरि पनि दोहोर्याउन चाहन्छु, लिखित रूपमा समर्थन छैन भन्न मात्र बाँकी हो,’ उनले भने।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनका विषयमा दलहरूसँग छलफल जारी रहेको र छिट्टै टुंगोमा पुग्ने जानकारी गराएका थिए। नयाँ सरकार गठन र ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता पनि बैठकको अजेन्डा बनाएको माओवादी पुर्नस्थापित प्रतिनिधिसभाले बाँकी कार्यकाल पूरा गर्न पाओेस् भन्ने पक्षमा छ। बैठकले सरकारले हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भन्दै भत्र्सना गरेको छ।
प्रतिनिधिसभा बैठकको अर्को मिति निर्धारण भइसकेको अवस्थामा हठात अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम भएको प्रवक्ता श्रेष्ठले बताए। नागरिक दैनिकबाट
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend