काठमाडौं । नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्य ल्याबमा छापा मारेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट दिएको खबरपछि मंगलबार छापा मारेको स्राेतले बताएकाे छ ।
स्राेतका अनुसार स्वाब नै नदिएका व्यक्तिहरूको पनि रिपोर्ट निकाल्ने गरेको भन्ने सुराक पाएपछि छापा मारीएकाे हाे ।
महाशाखाको टोलीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ।