काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
भारतको कुम्भमेलामा सहभागी हजारौं भक्तजनहरुलाई कोरोना संक्रमण पुष्टि भएको समाचार भारतीय संचार माध्यमहरुबाट आइरहदा कुम्भमेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पत्तिले पनि परीक्षण गरेका थिए ।
स्वदेश फर्किए लगत्तै कोरोना संक्रमण परीक्षण गराएका दम्पत्तिकाे परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।