काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।
पानीकाे बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका अनुसार चुहावट भएको ठाँउमा मर्मत भइरहेकाे छ ।
केयूकेएलका अनुसार सडक विभागसँग स्वीकृति लिएर चुहावट भएको ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको छ भने बाँकी स्थानमा पनि मर्मत कार्य हुँदै छ ।
मेलम्चीको पानी सुन्दरीजलमा दैनिक १७ करोड लिटर आइरहेको छ । पुरानो पाइपलाइन भएकाले पाइपलाइनमा एकैचोटि पानी वितरण नगरी परीक्षणका लागि बिस्तारै पठाइएको स्राेतले बताएकाे छ । मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी वितरण सञ्जालमा पठाइन्छ ।