सोमबार बेलुका भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएको छ भने गम्भीर अवस्थामा आमाको उपचार भइरहेको छ।
राप्ती गाउँपालिका वडा नं. ५ कालापानीकी ४४ वर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अँगेनामा बालेको आगो सारीमा सल्किन पुग्दा उनी गम्भीर घाइते भएकी छन्।
जलेर गम्भीर अवस्थामा रहेकी उनकी एक वर्षीया छोरी बिना सुनारको उपचारका क्रममा लमही अस्पतालमा मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको स्राेतले बताएकाे छ ।
स्राेत अनुसार आमाले बच्चालाई काखमा लिएर खाना पकाउँदै गर्दा सारीबाट आगो सल्किएर आमा-छोरी जेलेर गम्भीर अवस्थामा उद्दार गरिएको थियो।
हामीलाई प्राप्त सूचना अनुसार आमाको मानसिक सन्तुलन त्यति ठिक थिएन भन्ने कुरा आएको छ घाइते आमाको पनि अवस्था पनि गम्भीर छ ।
घटना घटेको केहीपछि राति ९ बजेतिर मात्रै आगलागीबारे सूचना दिइएको हुँदा समयमै पीडितको उद्दार हुन नपाएको स्राेतले बताएकाे छ ।
इप्रका भालुबाङका असई हरि पाण्डेले घाइतेको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारको लागि लमही लगिएको जानकारी दिए।
सारीबाट सल्केको आगोले आमा-छोरीको शरीरको विभिन्न भाग जलेको भए पनि अन्य भान्सा कोठा तथा घरमा आगलागी भने नभएको प्रहरीले जनाएको छ।