Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा एकैदिन २ लाख ५६ हजारलाई कोरोना


    मंगलबार, बैशाख ७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा बढी जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७५७ जनाको कोरोनाबाट ज्यान गएको छ। 

    योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

    सोमबार रातिदेखि लागू हुने गरी केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार