काठमाडौं । भारतले अक्सिजन निर्यात रोकेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै अक्सिजन आयात रोकिएको हो ।
यसैबीच नेपालमा त्यसको चिकित्सकले कोरोना संक्रमितको संख्या बढेसँगै उपचारमा प्रयोग हुने अक्सिजनको अभाव हुने संकेत गरेका छन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा नेपालका चिकित्सकले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने देखिएको बताएका हुन् ।
छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लले अक्सिजनको आयात रोकिएका कारण अब कोरोनाका बिरामीको उपचारमा नै समस्या हुने देखिएको बताए ।
यस्तै बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रका निर्देशक डा. चन्द्र मणी अधिकारीले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधि समेत अभाव हुने देखिएको बताए । औषधिको आपूर्ति कम हुँदा हाल १० देखि १५ जना बिरामीको मात्र शल्यक्रिया गर्ने औषधि रहेको बताए ।