Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाविरुद्धको खोप अभियान : दोस्रो चरण आजदेखि


    मंगलबार, बैशाख ७ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। सरकारले आज मंगलबारदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । 

    बिहान १० बजेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु गरिने छ ।

    गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो । उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत  विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

    विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार