काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
एमसीसीबारे सत्तारुढ नेकपामा विवाद भइरहँदा सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेपछि प्रदर्शन चर्किएको छ।
प्रदर्शनकारीले ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर, के चाहन्छन् जनता? स्वाभिमान र स्वाधिनता, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाइका थिए।
विभिन्न २२ राजनीतिक संगठनले एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।