काठमाडौं । आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
मोरङ कानेपोखरी गाउँपालिका-७ का ३३ वर्षीय चुडामणि बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
यती एयरको विमानमार्फत् काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा स्रोत नखुलेको नगद फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।