Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य


    सोमबार, बैशाख ६ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकको सिफारिसबमोजिम उनले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयले सोमबारै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ । पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ / १/६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १:०० बजेदेखि अन्त्य गरेको छु ।’

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई पुन:स्थापना गरिदिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार