काठमाडौं । दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुमा संक्रमण फैलिन थालेकाले तत्काल सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका हुन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको स्राेतले बताएकाे छ ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।