Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ट्रमा र वीरमा चरम अनियमितताः अख्तियारमा उजुरीको चाङ, किन भएन छानबिन ? 


    सोमबार, बैशाख ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १३ मिनेट पाठ
  • काठमाडौं । मुलुककै ठूलो र पुरानो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको ट्रमा सेन्टर र वीर अस्पतालमा ब्यापक भ्रष्टाचार भएको जनगुनासो हुँदा पनि सम्बन्धित निकाय मौन छ ।

     अस्पतालका कर्मचारीले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र र स्वास्थ्य मन्त्रालयमा प्रमाणसहित दर्जनौं उजुरी  दिए पनि छानबिन हुन सकेको छैन । अनियमिततामा मुछिएका दोषीलाई सम्बन्धित निकायबाट कुनै कारबाही पनि हुनसकेको छैन ।

     २०७५ मा सतर्कता केन्द्रले ३ महिना लगाएर ट्रमा र वीर अस्पतालमा छानविन गरी अनियमित कर्मचारी भर्ना, उपकरण मर्मत र इन्टा अप सी टी र टोमोथोपारी मेसिन खरिमा अनियमितता भएको प्रतिवेदन दिएको थियो । तत्कालीन उपकुलपति डा. गणेश गुरूङ, ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेट र वीर अस्पताल खरिद प्रमुख भगवती थपलिया, श्याम बि क, अरुण महतो लगायतलाई कारवाही गर्ने निर्णय गरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । थप छानबिन र कारवाही गर्ने अख्तियारमा  २०७५ कात्तिक ११ मा पत्र लेखी अख्तियारमा सो पत्र  २०७५ कात्तिक १३ मा दर्ता गरिएको थियो ।

     जुन पत्रको दर्ता नं. ९६५२२० हो । स्वास्थ्य मन्त्रालयलाई सो को जानकारी दिई निर्णय अनुसार कारवाही गर्नु भनेको थियो । सो सम्बन्धमा प्रधानमन्त्री कार्यालयको सुशासन शाखाले २०७५ चैत १९ मा पनि स्वास्थ्य मन्त्रालयलाई सो सम्बन्धमा पटक पटक ताकेता गरे पनि ती भ्रष्टाचारीलाई हालसम्म कुनै कारवाही भएको छैन । उल्टै हालसम्म खरिद एकाईको जिम्मेदारी दिइराखिएको छ । सोही समयमा केन्द्रले अनियमिततामा मुछिएको खरिद समूहलाई हटाएर प्रशासन र प्राबिधिकहरू भएको सक्षम खरिद महाशाखा गठन गर्ने निर्देशन दिएको थियो तर हालसम्म पनि सो निर्देशन कार्यान्वयन भएको छैन ।

    पछिल्लो समयमा ट्रमा सेन्टरका निमित्त मेसु डा. सन्तोष पौडैल र अस्थायी सेवाका डा गौरव ढकालको मिलेमतोमा झनै बढी अनियमितता भइरहेको छ । मन्त्रालय र उपकुलपति नदेखेझैं गर्दैआएका छन् । नियमविपरीत क्यान्टिन ठेक्कामा लगाएको र ए ग्रेडको ऐम्बुलेन्स भनेर महंगोमा खरिद गरेको तर सोमा हुनुपर्ने उपकरणहरु नभएको खुलेको छ ।

    त्यसैगरी पैसा लिदै अनियमित कर्मचारी भर्ना गरिरहेको आरोप पनि ट्रमाका अधिकारीमाथि लागेको छ । अहिले ट्रमाको ओ टो मा करिब ९ वटा सी आर्म र एउटा ओ आर्म (२० करोड रुपैयाँ) पर्ने  छन् ।

    यी उपकरण  मर्मत गरेर संचानल गर्न सकिन्छ तर मर्मत नगरी यसपालि ५५ लाख पर्ने २ वटा सी आर्म ८५ लाख रुपैयाँमा किनिएको छ । सीआर्म अर्थोपेडिक्स  बिभागमा प्रयोग हुने भए पनि त्यो किन्दा रेडियोग्राफरलाई विशेषज्ञको रुपमा राखिएको छ । सम्बन्धित चिकित्सकसँग सल्लाह नगरी ब्यापारीसँगको मिलेमतोमा महंगोमा खरिद गरेको र ठूलो रकम कमिसनको चलखेल गरिएको आरोप छ । DEXA Scan पूर्णरूपमा अर्थोपेडिक्स बिभागमा प्रयोग हुन्छ तर त्यसमा पनि रेडियोग्रफरलाई विशेषज्ञको रुपमा राखिएकोे छ र दोब्बर मूल्य ८५ लाखमा  हेलोजिन कम्पनीको किनिएको छ ।

    एनेस्थेसिया मेसिन खरिदमा पनि एनेस्थेसियाका बिभागीय प्रमुखलाई थाहै नदिई खरिद गरिरहेका छन् । High end microscope करोड ३० लाखमा किनिएको छ तर त्यसमा पनि प्रयोगकर्ता बिभागलाई थाहा छैन । Orthopedics and spine instruments  किन्दा पनि अर्थोपेडिक्स बिभागको कसैलाई थाहा छैन । डा. सन्तोष पौडेल, डा गौरव ढकालले सबै सामानहरु  ब्यापारीसँग मिलेर स्पेसिफिकेसन बनाएर कम दरमा कबोल गर्ने कम्पनीलाई अयोग्य (डिस्क्वालिफाई) गर्दै बढी रकम कबोल गर्नेबाट खरिद गरेका छन् । सार्वजनिक खरिद ऐन नियमविपरीत बढी मूल्यमा बोलपत्र पेश गरेको कम्पनीबाट सामान खरिद गर्दा पनि अख्तियारले छानबिन गर्ने चासो किन देखाएको छैन भन्ने प्रश्न उठेको छ ।

    कम दरमा बोलपत्र पेश गर्ने चार वटा सामानका ब्यापारीले उच्च अदालतमा मुद्दा हालेका छन् । तर त्यसको फैसला भएको छैन ।
    २२ करोडको मेसिन प्रयोगबिहीन  छ । ओ आर्म मर्मत गरिएको छैन । हालै ५५ लाख मा आउने सि आर्म ८५ लाख रुपैयाँमा खरिदका लागि नयाँबानेश्वरमा रहेको म्याक्स मेडिटेकसँग जिई कम्पनीको सि आर्म खरिद गरेका छन् ।  सो कम्पनी डा.सन्तोष पौडेलको ससुराली धादिङका ब्यापारीको हो । ट्रमा सेन्टरमा भर्ना भएका विरामीको अप्रेशन गर्दा प्रयोग हुने औषधि र इम्पान्ट लगायत सामानहरूमा  समेत डा सन्तोष र गौरवको मनोमानी छ ।

     अन्य कम्पनीको ४०९५० हजारमा आउने सामान  प्रयोग नगरी महँगो र उनीहरुलाई कमिसन दिने इम्पान्ट मेडिट्रोनिक र मिराकल भन्ने भारतीय कम्पनीको मात्र प्रयोग गर्छन् जसको मूल्य १ लाख ५० देखि २ लाख रुपैयाँसम्म पर्छ । त्यो सामान डा. पौडेल र ढकाल निकट अश्विन बरालको ए बी मेडिकल ग्रुप र नास्ट नेपाल प्रा लि मा मात्र पाइन्छ । विरामीलाई जबर्जस्ती किन्न लगाइन्छ । विरामीले सो कम्पनीको सामान नकिने विभिन्न बहानामा अप्रेशन नै क्यान्सिल गरिदिन्छन् । ओ टीकी एक नर्स भन्छिन्– यी त मानव नै होइनन् दावन हुन्, के गर्ने पहुँवाला हुन्, केही बोल्नै सक्दैनन् । बोल्यो कि जागिर जान्छ, ओटी प्रमुख गंगाको पनि मिलेमतो छ  । उनलाई नर्सिङ प्रमुख सोचना सापकोटाको आशीर्वाद छ । यस बिषयमा कर्मचारीले प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा ऊजुरी दिएका छन् ।

    कर्मचारीको उजुरीपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्वास्थ्य मन्त्रालयले छानविन समिति बनाएको छ । सो समितिलाई ट्रमाका मेसु डा. पौडेल र डा.ढकालले धम्क्याउने र आवश्यक कागजपत्र नदिई असहयोग गर्दैआएका छन् । उनीहरुले समितिलाई काम अघि बढाउन दिइरहेका छैनन् । कागजात दिंदा दुबै डाक्टर आफैं फसिन्छ भनेर छानबिन समितिलाई असहयोग गरिरहेका छन् ।

    २०७७ चैत २२ गते प्रतिष्ठानको सिनेट बैठकमा पनि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ट्रमा र वीरका पदाधिकारीको चर्कै आलोचना गरेका थिए भने विगत दुई बर्षको बजेट पनि पास हुन दिएनन् । मन्त्रीले यस्तै हो भने तपार्इंहरु चाँडै अख्तियार पुग्नुहुन्छ भनेको एक सिनेट सदस्यले बताए । वीर र ट्रमामा भएको अनियमितता सम्बन्धमा माहालेखा र सार्वजनिक खरिद अनुगमन काार्यलयको २०७५–७६ को प्रतिवेदनमा समेत उल्लेख छ ।

    उता, वीर अस्पतालको पनि उही हालत छ । इन्टाअप सीटी खरिद, टोमोथोपारी खरिदमा अनियमितता भएको र कारवाही सिफारिस भएको समूहका ब्यक्तिहरु नै अहिलेसम्म खरिदमै राखिएको छ । दण्डहीनताका कारण अनियमितता गर्ने त्यही समूह नै अर्को करोडौं भ्रष्टाचार गर्न तल्लीन छ । उपकुलपति डा. डीएन शाह नदेखेझैं गर्छन् । करोडौंको उपकरण बिग्रिएको छ, मर्मततिर ध्यान छैन  । इन्डोस्कोपी मेसिन, फाइबर स्क्यान, दुईवटा सीटी मेसिन, अक्सिजन मेसिन, सि आर्म, मेमोग्राम, क्याथ ल्याव, स्पेशल ऐक्सरे, पिएफटि, एक्सरे, ईबस, बोक्रोसकोपी, १२बटा भेन्टिलेटर, टिपिए जाँच, युरोफ्रोले मिटर, एबीजी मेसिन सबै काम गर्दैनन् । यी सबै उपकरण मर्मत गर्दा चल्छन् तर मर्मत गर्न वीर अस्पताल प्रशासनले चासो नै दिने गरेको छैन ।

    पूर्व निर्देशक डा. केदार सेन्चुरीले खरिदको जिम्मा दिएका भगवती थपलिया, अरुण महतो, श्याम बि क मर्मततिर भन्दा कमिसन आउने भएकाले नयाँ किन्न ब्यापारीसग मोलतोलमा ब्यस्त छन् । मिलेमतोमा स्पेफिकेशन बनाउँदै आफूसँग सेटिङ भएका ब्यापारीलाई मात्र दिने प्रपन्च वीर अस्पतालमा विगतदेखि नै हुँदैआएको छ । अहिले पनि मर्मततिर भन्दा सेटिङ भएका ब्यापारीको अनुकूल हुनेगरी स्पेसिफिकेसन बनाई अहिले टेन्डरको तयारी गरिरहेका छन् । सो काममा खरिद प्रमुख भगवती, उपकुलपति निकट अरूण महतो, श्याम बि क, रेक्टर डा. सुवोध अधिकारी, डिन डा पियुष दाहललगायतको समूह सक्रिय छ । तर यस्तो नांगो भ्रष्टाचारमा पनि अस्पतालका केही कर्मचारी बोल्न सक्दैनन् । उपकुलपति साह नदेखेझैं गर्छन् ।

     वीर अस्पतालको नयाँ भवन सञ्चालनको कुनै तयारी छैन । सो भवन ५ सय २० बेडको हो । सो भवन संचालनमा आए काठमाडौंका सबै निजी अस्पतालको अपरेशन बन्द हुन्छ । त्यही भएर निजी अस्पतालसँग मिलेर दुवै सर्जन डिन पियुष, रेक्टर डा.सुवोध र खरिदकी भगवती, श्याम बिक ,अरूण महतोको समूहले सो संचालनमा ल्याउन चासो नै दिएका छैनन् ।

    दुवाकोटको बिस्तारित वीर अस्पताल परियोजनाको ४० करोड रुपैयाँको डीपीआर आफूनिकट परामर्शदाता कम्पनीलाई दिन अरूण महतो, भगवती र बि क को समूहले कम्पनी खोजी गरिरहेको छ । यो समूह भएसम्म वीर र ट्रमाको सुधार हँुदैन, बरिष्ठ चिकित्सक भन्छन्–न नियम छ न कानुन छ, छ त बाका आसेपासेको मनपरी । वीर अस्पतालमा उपचार गर्न आउने सबै गरिव जनता हुन् तर तिनै गरिवलाई पनि चुसिरहेका छन् ।

    ती चिकित्सक भन्छन्–कसैले बोलेर पनि वीर अस्पतालमा केही परिवर्तन हुँदैन । वीरका कर्मचारी र डाक्टरको हाजिर हेर्ने हो भने थाहा हुन्छ कति बेथिति छ कसैको हाजिर नियम अनुसार भएको छैन ।  

    प्याथोलोजी बिभाग प्रमुख डा. प्रतिभा बिष्ट, रेडियोलोजीका केही डाक्टर, न्युरो सर्जरीका प्रमुख डा. प्रकाश बिष्ट, सर्जरीका प्रमोद उपाध्याय, युरो सर्जरीका डाक्टर, सिटिभिएस का डा. दीपक थापा मगर, मेडिकल बिभागका डा.रेवती, इएनटीका डा.दिपेन्द्र गौतम, डा. रुपा मर्हजन, डा अनु जी सी, मुटु बिभागका डाक्टर, डेन्टलका डा. शैली प्रधान, सहायक डिन तथा नेफ्रोलोजीका डाक्टर अनिल बराल, डा. रजनी हाडालगायत केही डाक्टरको हाजिर गरेको समयमा बिहान र बेलुका मेसिन अगाडि बसेर हेरे थाह हुन्छ । हाजिर मेसिन अगाडि आएर बिहान बेलुका आएर अनुसन्धान गर्नु थाहा हुन्छ ।

    प्याथोलोजी बिभाग प्रमुखले त कोभिडको समयमा कोरोना भए नभएको चेक गर्ने पिसिआर मेसिन ३५ लाख रुपैयाँ महंगोमा खरिद गरी हाल केमिकल नपाइएको भन्दै थन्क्याएका छन् । उनलाई केमिकल सप्लाई गर्नेले कमिसन नदिएका कारण उनले सो मेसिन संचानल नगरेको कोरोना तर्फ कार्यरत कर्मचारी बताउँछन् । नियमविपरीत आफूमातहतको तल्लो तहको कर्मचारीलाई दिनुपर्ने जोखिम भत्ता जो दिसा, पिसाव, खकार, रगत संकलन गर्ने गर्छन् तिनीहरुलाई नदिई आफैं खाने गरेको सोही विभागका कर्मचारीहरुको आरोप छ ।

    उनले भने अनुसार हामीले पनि पनि दुई हप्ता हेर्दा उनीहरुले दैनिक ८ घन्टा ड्यूटी गर्नुपर्ने भए पनि उनीहरु दैनिक ५–६ घन्टा भन्दा बढी अस्पतालमा रहँदैनन् । तर भत्ता भने १ सय ५० प्रतिशत खान्छन् । यतिमात्र होइन तल्लो तहका कर्मचारीको भत्ता पनि प्याथोलोजी बिभाग प्रमुख आफूनिकटलाई मात्र बाड्छन् ।  यस्तो बेथिति कसले हेर्ने ? वीरका कर्मचारीको प्रश्न छ । वीर अस्पताल कर्मचारी युनियनले यी सबै बिषयमा प्रधानमन्त्री, अख्तियार, सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभाग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्रालय लगायतमा कारबाहीको माग गर्दै पटक पटक उजुरी दिएको छ । तर ट्रमा सेन्टरका डा. सन्तोष पौडेल, डा. गौरव ढकाल, सोचना सापकोटा, ओ टी प्रमुख गगा, खरिद शाखा र वीर अस्पतालका पूर्व निर्देशक डा.केदार सेन्चुरी, खरिद प्रमुख भगवती थपलिया, श्याम बि क लगायतको भ्रष्टचार र सम्पत्ति छानविन गर्ने उजुरी परेको छ, आजको साँघु साप्ताहिकमा समाचार छ ।

    साथै वीर र ट्रमा सेन्टरमा भएको अनियमितता छानबिन गरी अस्पताल बचाउने हो भने सक्षम र योग्य निर्देशक नियुक्ति हुनुपर्ने मग कर्मचारीको छ ।  वीर अस्पताल बचाउने हो भने डा भुपेन्द्र बस्नेत र दिपेन्द्र श्रेष्ठ तथा ट्रमा सेन्टरमा डा. रुद्र मरासिनी र डा.दिपक दत्त र डा सरोज शर्मा हुन् । उनीहरुलाई तत्काल नियुक्ति गरी अस्पताल बचाउन कर्मचारीहरूले उपकुलपति र स्वास्थ्य मन्त्रीसँग माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार