Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्जिदमा एकै परिवारका आठ जनाको हत्या, कारण यस्तो छ


    सोमबार, बैशाख ६ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी।  अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् । 

    स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिए ।

    नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गररेका छन्  । 

    अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ । 

    मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यहीक्रममा उक्त घटना भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार