Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपचारको क्रममा कोरोना संंक्रमित महिलाको मृत्यु


    आइतबार, बैशाख ५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिनुभयो । अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आज मृत्यु भएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार