Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना नियन्त्रणमा प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई सहयोग गरेनन्ः मुख्यमन्त्री भट्ट


    आइतबार, बैशाख ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सुदूरपश्चिम प्रदेश सरकार परिर्वतन नहुने बताएका छन् । उनले सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि अहिले सरकार परिवर्तन नहुने बताए । उनले भने, “प्रदेश सरकार परिर्वतनको चर्चा बाहिर आए पनि भित्र त्यस्तो केही छैन । अहिलेलाई सरकार परिर्वतनको कुनै विषय उठेको छैन ।”

    मुख्यमन्त्री भट्टले सरकार परिर्वतनका विषयमा कहीँ पनि कुनै किसिमको छलफल नभएको दाबी गरेका छन् । सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढिरहेकाले यहाँका सबै राजनीतिक दलका नेता त्यसलाई कसरी नियन्त्रण तथा रोकथाम गर्ने भन्ने विषयमा केन्द्रित भएका छन्, सरकार परिर्वतनको कुरा गर्ने कसलाई फुर्सद छ र ?” 

    मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट प्रदेश सरकारले गरेको अपेक्षाअनुसार सहयोग नभएको आरोप लगाए । उनले भने, “कोरोना महामारीले हाम्रो प्रदेश अति नै जोखिममा छ, नियन्त्रणका लागि हामीले सङ्घीय सरकारबाट अपेक्षा गरेअनुसार सहयोग पाउन सकेका छैनौँ ।” प्रदेश सरकारले पछल्लो समय भारतबाट रोजगारी गरी सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकलाई उद्धार गर्ने तथा कोरोना परीक्षणको दायर बढाउने योजनाअनुसार काम अगाडि बढाइरहेको उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार