Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना महामारीले भयावह रुप लिंदै,एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि


    आइतबार, बैशाख ५ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

    गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

    पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार