Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा प्रधानमन्त्री बन्न नचाहनुकाे कारण संसदीय अंकगणित कि ओलीसँगको सम्बन्ध ?


    आइतबार, बैशाख ५ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

    सत्ता समीकरणका चतुर खेलाडीका रूपमा आफ्नो छवि बनाएका देउवा सत्ता र शक्तिमा पुग्नका लागि समीकरण मिलाउन ‘माहिर’ भएको विगतका अभ्यासमा देखिन्छ । तर अहिले भने देउवालाई उतिसारो सत्ताको भोक जागेको देखिँदैन।

    आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

    देउवा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने भन्दै मुखैमा आएको प्रधानमन्त्री पदलाई पन्छिएर बसेका छन् ।

    ओलीको विकल्प खोज्ने विषयमा देउवा निष्क्रिय हुनुमा कमजोर संसदीय अंकगणित, ओलीसँगको सम्बन्ध र निर्वाचनमा सिट बढ्ने लोभ हुनसक्ने देउवा निकट स्राेतले बताएकाे छ ।

    एकातर्फ अंकगणितको धरमर र अर्कोतर्फ ओलीसँगको सम्बन्धले देउवालाई निष्क्रिय भएको देखिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार