Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ को सातौं हिउँदे अधिवेशन अन्त्य


    आइतबार, बैशाख ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।

    गत माघ ७ गतेबाट सुरु भएको प्रदेशसभाको सातौ हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो । चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि प्रतिपक्ष दलले अवरुद्ध गरिरहेका थिए ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार