Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोना महामारीले भयावह रुप लिंदै, एकैदिन २ लाख ६० हजार संक्रमित, झन्डै १५ सयको मृत्यु


    आइतबार, बैशाख ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । भारतमा कोरोनाभाइरसको दैनिक संक्रमण  साढे २ लाख माथि पुगेको छ। शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो।  

    संक्रमितको संख्या बढेसँगै मृतककाे संख्या पनि उकालो लागेको छ। शनिबार भारतभरि १ हजार ४ सय ९३ जना संक्रमितको मृत्यु भएको छ। 

    संक्रमित संख्या बढे पनि यसपालिको मृत्युदर पहिलो लहरको भन्दा कम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले आउने दिनमा मृत्युदर पनि बढ्ने अनुमान गरिएको छ। 

    भारतमा अहिले सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमण फैलिएको छ। शनिबारमात्रै त्यहाँ ६७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने राजधानी नयाँदिल्लीमा २४ हजार संक्रमित थपिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार