काठमाडौं । आइएलओले कोरोना भाइरस प्रभावित मजदूर, श्रमिकहरुको राहत तथा उद्दारका लगि गैर आवाशिय नेपाली संघ (एनआरएनए) मार्फत् दिएको आर्थिक सहयोगमा ब्यापक भ्रस्टाचार भएको प्रमाणित भएको छ । आइएलओले दिएको सहयोगमा अनियमितता भएको आरोप लागेपछि संयुक्त अरब इमिरेट्स(यूएई)मा गएको फ्रेबुअरी २१ मा छानबिन समिति नै गठन भएको थियो ।
एनआरएनए युएईका आइसीसी सदस्य राजु केसीको संयोजकत्वमा गठित समितिको गोप्य रिपोर्टमै उक्त आर्थिक कोषको रकम ब्यापक भ्रस्टाचार भएको उल्लेख छ । सार्वजनिक भएको रिपोर्टका अनुसार ६२ हजार सात सय यूएई दिराम(९ने.रु. २० लाख ६ हजार चार सय) अनियमितता भएको छ ।
छानबिन समितिले उपलब्ध गराएको उक्त रिपोर्टको बुँदा नं २ का अनुसार ल्यापटप, प्रिन्टर आदि सामाग्री खरिदमा पाँच हजार दिहराम, पीडितहरुको लागि राखिएको सेल्टर र खानामा १० हजार पाँच सय दिहराम, समस्यामा परेका नेपालीलाई वितरण गरेको खानाको प्याकेटमा २५ हजार दिहराम भ्रस्टाचार गरिएको छ । त्यस्तै, यातायातमा एक हजार नौ सय ५२ दिहराम अनियमितता गरिएको छ ।
त्यस्तै टिकटमा एक हजार पाँच सय २०, पाँच हजार दुई सय ५० र एक हजार सात सय ६० गरी जम्मा आठ हजार पाँच सय ३० दिराम भ्रस्टाचार गरिएको समाचार सार्वजनिक भइसकेको छ । रिपोर्टमा पिसिआर टेस्टमा एक हजार आठ सय ७४ दिराम, टेलिफोनमा आठ सय ४४ दिहराम र विनिमय दरमा नौ हजार दिराम भ्रस्टाचार गरिएको छ ।
यूएईमा जस्तै आइएलओको सहयोग कतारमा पनि अनियमितता भएको स्रोतले बताएको छ । एनआरएनए कतारका उपाध्यक्ष उत्तम गुरुङसहितको मिलेमतोमा आइएलओको सहयोगमा अनियमितता गरी क्लव नै खोलेको आरोप छ । एनआरएनएका उत्तम गुरुङ सहित ४ पदाधिकारीले कतारमा टनेल क्वल नै खोलेका छन् । आइएलओले कोरोना महामारीबाट प्रभावित भएका मजदुरको उद्दार र राहतका लागि दिएको आर्थिक सहयोग यूएईमा भन्दा बढी अनियमितता कतारमा गरिएको स्रोत बताउँछ । उपाध्यक्ष गुरुङसहितका पदाधिकारीले कीर्ते बिल पेश गरी आइएलओको आर्थिक सहयोग अनियमितता गरेकाले यूएईमा जस्तै छानबिन हुनुपर्ने माग हुन थालेको छ ।
यसैबीच, एनआरएनएको सहयोगमा टनेल क्लव खोल्नेमध्येका एक उपाध्यक्ष गुरुङलाई कतारले नेपालमा फिर्ता (डिपोट) पठाउन नेपाली दूताबाससँग अनुमति मागेको छ । टनेल क्लव लगायतमा काम गर्न राखिएका मजदुरहरुको तलव नदिएको र बस्ने ठाउँमा होहल्ला र गुण्डागर्दी गरेको आरोपमा उनलाई कतार प्रहरीले नेपाल डिपोर्ट गर्नका लागि दूताबाससँग केही दिनअघि अनुमति मागेको थियो । तर कतार सरकारले नेपाल डिपोर्ट गर्न खोज्दा एनआरएनएका अध्यक्ष कुमार पन्त र महासचिव बद्री केसी नै गुरुङको बचाउमा लागेका छन् ।
विभिन्न काण्डमा मुछिएका गुरुङलाई जोगाउन र डिपोर्ट नगर्न कतारस्थित नेपाली राजदूत नारद भारद्वाज वाग्लेलाई पन्त र केसीले चर्काे दबाब दिइरहेको समाचार छ । तर राजदूत वाग्ले भने गुण्डागर्दीमा संलग्न गुरुङलाई नेपाल डिपोर्ट गर्नुपर्ने पक्षमा छन् ।
पन्त र केसीले परराष्ट्र मन्त्रालयका अधिकारीलाई प्रभावमा पारी कतार सरकारले डिपोर्ट गर्न लागेका गुरुङलाई जोगाउन धाइरहेका छन् । गुरुङले कतारमा बेस्ट वेस्टर्न होटलमा रहेको टनेल लाउन्ज एण्ड क्लबमा राखेका नेपाली कामदारलाई झण्डै ५० लाख रुपैया“ पारिश्रमिक नदिई शोषण गरेको उजुरी कतारस्थित नेपाली राजदूतावासमा पनि परेको छ । काम लगाएर पैसा नदिएका मजदुरलाई गुरुङले बसेको फ्ल्याटमा समेत मदिरा सेवन गरी होहल्ला र गुण्डागर्दी गरेपछि कतार प्रहरीमा उजुरी परेको थियो ।