एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा साविक विजेता मुम्बई इण्डियनसले दोस्रो जित हाँसिल गरेको छ।
शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित हाँसिल गरेको हो।
१ सय ५१ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै मात्र १ सय ३७ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि सर्वाधिक जोनी बेयार्स्टोले ४३, कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे
हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ४०, केइरन पोलार्डले ३५, कप्तान रोहित शर्मा ३२ र इशान किशनले १२ रन बनाए ।
हैदरावादका लागि विजय शंकर र मुजिब उर रहमानले २र२ विकेट लिए ।
जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । हैदरावादको लगातार तेस्रो हारसँगै पुछारमा रहेको छ ।